बलराम खकुरेल (बलराम गुरु)
फलित ज्योतिष र कर्मकाण्ड विशेषज्ञ
गोत्र: कृष्णात्री
जन्म मिति: २०४६ जेठ ४ गते बुधवार
पिता: राम प्रसाद खकुरेल
माता: सावित्री देवी खकुरेल
जन्म: थानापती गा.वि.स.९, काफलडाँडा, नुवाकोट
हाल: तारकेश्वर न.पा.१०, काठमाण्डौ
शिक्षा
- ✅ एस.एल.सी परिक्षामा उत्कृष्ट (२०६२)
- ✅ श्री नेपाल वेद विद्याश्रम संस्कृत मा.वि. (२०६२)
- ✅ संस्कृतमा स्नातकोत्तर (२०७०/७१)
व्यवसाय
- ✅ बालाजु बाइपास काठमाण्डौ
- ✅ गायत्री ज्योतिष तथा वास्तु परामर्श केन्द्र
- ✅ ८०+ समूहलाई अनलाइन प्रशिक्षण
योगदान
- ✅ ३००÷४०० सप्ताह सम्पन्न
- ✅ देश विदेशका हजारौं विद्यार्थी
- ✅ विभिन्न टीभी कार्यक्रम
शैक्षिक यात्रा
प्रारम्भिक शिक्षा लिने क्रममा नै २०५६ सालमा काठमाण्डौमा बसाइँसराइ भएपछि २०५७ सालदेखि नै संस्कृत शिक्षामा अनवरत रुपमा लाग्नुभएका बलराम खकुरेलले २०६२ सालमा श्री नेपाल वेद विद्याश्रमबाट एस.एल.सी परिक्षामा उत्कृष्ट नतिजा लेराइ माध्यमिक तहको परिक्षालाई पुरा गर्नुभयो । श्रीमद्भागवत सन्यास गुरुकुलम् (पशुपति) मा अनौपचारिक अध्ययन, श्री नेपाल राष्ट्रिय उ.मा.वि., तारकेश्वर, श्री नेपाल वेद विद्याश्रम संस्कृत मा.वि., वनकाली, वाल्मीकि विद्यापीठ (ने.सं.वि.) काठमाण्डौ (उत्तरमध्यमा देखि स्नातकोत्तर) अध्ययन गरे। २०७०÷७१ मा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठबाट आचार्य (स्नातकोत्तर) तहको संस्कृतको अध्ययनलाई औपचारिक रुपमा सम्पन्न गर्नुभयो ।
व्यवसायिक यात्रा
यसपछि आफुले प्राप्त गरेको विद्या जनजनमा पु¥याउनको लागि २०७२ सालदेखि नै बालाजु बाइपास काठमाण्डौमा गायत्री ज्योतिष तथा वास्तु परामर्श केन्द्र स्थापना गरि ज्योतिष तथा कर्मकाण्डको भौतिक अध्यापन गराउँदै आउनुभएको छ। वि.सं. २०७६÷७७ बाट सुरु भएको कोरोना महामारिलाई मध्यनजर गर्दै अनलाईन जूमको माध्यमबाट प्रशिक्षण दिँदै आउनुभएको छ। हाल यहाँले फलित ज्योतिष (प्रारम्भिक र एडभान्स), कर्मकाण्ड (प्रारम्भिक र एडभान्स), श्रीमद्भागवत, शुक्लयजुर्वेद, रुद्री, लगायतका विषयहरुको प्रशिक्षण दिँदै आइरहनुभएको छ। नेपालका साथै संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, बहराइन, क्यानडा, भारत, बेलायत लगायत विभिन्न देशमा बसोबास गर्न पुगेका हजारौँ नेपालीहरुले यहाँसँग माथि उल्लेखित विषयमा अध्ययन गरिसक्नुभएको छ। अहिले पनि यहाँसँग कतिपयले अनलाईन मार्फत प्रशिक्षण लिइरहनुभएको छ। अनलाइन शिक्षामा मात्रै यहाँले अहिले ८२ औँ समूहलाई प्रशिक्षण दिइरहनुभएको छ।
सञ्चार क्षेत्र
वि.सं. २०६८ सालदेखि स्थानीय रेडियोहरु (गुञ्जन एफ.एम (रौतहट), नुवाकोट एफ.एम.(नुवाकोट) लगायतका सँस्थाका साथै विभिन्न पत्रपत्रिकामा पुराण, वेद, कर्मकाण्ड, ज्योतिष तथा वास्तुका आर्टिकल प्रकाशित गर्दै आएको । वि.सं. २०७३ सालदेखि २०८२ सालसम्म उज्यालो रेडियो नेटवर्क, काठमाण्डौमा ९० मेगाहर्ज मार्फत ज्योतिष तथा वास्तु संबन्धि कार्यक्रम “हाम्रो खगोल” दैनिक सञ्चालन गर्नुभएको । २०८२ देखि रमाइलो टेलिभिजनमा कार्यक्रम “गुरु दर्शन” प्रत्यक्ष प्रसारण गरि ज्योतिष तथा वास्तुका बारेमा जानकारी दिँदै आएको । यसै सिलसिलामा नेपाल टेलिभिजन, रे टेलिभिजन, एपी वान टेलिभिजन, कान्तिपुर टेलिभिजन, भक्तीदर्शन टेलिभिजन, दिव्य दर्शन टेलिभिजनमा बेलाबेलामा अतिथिको रुपमा ज्योतिष तथा वास्तुको विषयमा जानकारी गराउँदै आएको । साथै सामाजिक सञ्जालहरु नेपाल न्यूज, पावर मिडिया नेटवर्क, खवर हव, साराँश, लगायतका विभिन्न माध्यमबाट ज्योतिष, वास्तु, पुराण तथा कर्मकाण्ड लगायतका विषयमा जानकारी गराउँदै आएको ।
श्रीमद्भागवत तथा पुराण वाचन
२०६३ सालदेखि श्रीमद्भागवत प्रचार प्रसार सेवा संघमा आबद्ध भइ यस संस्थासँगको सहकार्यमा सार्वजनिक तथा व्यक्तिगत घरमा आयोजना हुने श्रीमद्भागवत सप्ताह महायज्ञमा औपचारिक रुपमा प्रवेश । श्रीमद्भागवत सप्ताहका लागि पुगेका केही प्रमुख स्थानहरु:
- • चारपाने (झापा)
- • जिरिखिम्ती (तेह्रथुम)
- • भोजपुर सदरमुकाम
- • पाख्रिवास, सान्ने (धनकुटा)
- • इनरुवा, धरान
- • इटहरी (सुनसरी)
- • मुक्सार, लाहान
- • विष्णुपुर (सिराहा)
- • यज्ञभूमि, रघुनाथपुर
- • ढल्केवर, जनकपुर
- • लालगढ (धनुषा)
- • रामनगर गौशाला
- • वर्दिवास (महोत्तरी)
- • कमलामाई माईस्थान
- • डाँडी गुराँसे, हिलेपानी
- • गर्जाङ्ग गोकुलगङ्गा
- • रस्नालु भीमसेन स्थान
- • पवटी (दोलखा)
- • वसन्तपुर, राजघाट
- • मलङ्गवा, हरिवन
- • मूर्तिया, कर्मैया (सर्लाही)
- • चपुर, गैँडाटार
- • सन्तपुर (रौतहट)
- • डुमरवाना, मधुवन
- • सिमरा, अमलेखगञ्ज (बारा)
- • वीरगञ्ज (पर्सा)
- • हाँडिखोला, हँटिया
- • हेटौँडा, फाखेल
- • हर्नामाडी (मकवानपुर)
- • महाँकालस्थान, ढुँखर्क
- • पार्थली, कुशादेवी
- • मण्डन देउपुर, पनौती
- • मेलम्ची, बाह्रविसे
- • चाँगुनारायण, पौडेलगाऊँ
- • बोडे, खरिपाटी
- • लोकन्थली, भेलुखेल
- • चुन्देवी, (भक्तपुर)
- • सातदोबाटो, इकुडोल
- • लुभु, विष्णुडोल
- • बुङ्मती (ललितपुर)
- • नेपालटार, मनमैँजु
- • हात्तिगौँडा, ठमेल
- • कालिमाटी, शोभाभगवती
- • मूलपानी, गोठ्ठाटार
- • डाँछी थली, आलापोट
- • साँखु, दक्षिणढोका
- • सुन्दरीजल, जोरपाटी
- • बानेश्वर, शान्तिनगर
- • गौशाला, हाँडीगाऊँ
- • कालोपुल, डिल्लिबजार
- • चण्डोल, नक्साल
- • बालुवाटार, रामकोट
- • थानकोट, दहचोक
- • धर्मस्थली, बानियाँटार
- • टोखा सपनातीर्थ
- • चण्डेश्वरी (काठमाण्डौ)
- • बट्टार, भद्रुटार
- • शिवपुरी (नुवाकोट)
- • नौबिसे, ढकालखोला
- • मैदी, किरानचोक
- • मलेखु (धादिङ्ग)
- • टाँडी, शक्तिखोर
- • देवघाट, (चितवन)
- • घैरुङ्ग, बतासे (गोर्खा)
- • मिर्लुङ्ग ठूलोढुङ्गा (तनहुँ)
- • रामपुर (पाल्पा)
- • चिलाउनेवास (स्याङ्जा)
- • सिल्मी दोभिल्ला (पर्वत)
- • बाङ्गेसाल (प्युठान)
- • घोराही, तुलसीपुर
- • त्रिपुर नारायणपुर (दाङ्ग)
- • शितलपाटी (सल्यान)
… र साथै नेपाल भन्दा बाहिर र भित्र पनि धेरै भागवत कथा, पाठपारायण आदि सम्पन्न गरिसक्नुभएको छ । अहिलेसम्म श्रीमद्भागवत, देवीभागवत, शिवपुराण लगायतका सप्ताह, नवाह, लगायतका कर्महरु ३००÷४०० भन्दा को हाराहारिमा सम्पन्न गरिसक्नुभएको छ ।
सम्पर्क गर्नुहोस्
ज्योतिष, कर्मकाण्ड वा वास्तु सम्बन्धीका लागि सल्लाह चाहानुहुन्थे?
हामीलाई सम्पर्क गर्नुहोस्